ट्रेण्डिङ

होमपेज / समाज

सामजिक कार्य फिल्ड पर्यवेक्षण तालिम सम्पन्न

उपलब्धीमूलक भएकाे प्राध्यापकहरुकाे भनाइ

नेपालगाथा २०८३ असार ९ गते मंगलबार १२:१४:४७ मा प्रकाशित

विराटनगर । नेपालका विश्वविद्यालयहरुमा सामाजिक कार्य अध्यापनरत प्राध्यापकहरुको अभ्यास शिक्षा अभिवृद्धि गर्ने उद्देश्यले सामाजिक कार्य विषयमा अध्यापनरत शिक्षकहरुका लागि १० दिने तालिम मंगलबार विराटनगरमा सम्पन्न भएको छ ।

कार्यक्रमका सहजकर्ताहरु प्रा.डा. हग्लिन चेन, प्रा.डा. सोना, प्रा.डा. एन्टोनियो र डा.एन्निनाले नेपालको सामाजिक कार्यमा आउने दिनमा उल्लेखनीय परिवर्तन आउने विश्वास रहेको बताए । उनीहरुले नेपालको सामाजिक अवस्था फरक खालका भएकाले हरेक क्षेत्रमा फरक खालको अनुभव सहित सामाजिक कार्यमा शैक्षिक क्षेत्रका साथै सामाजिक क्षेत्रमा समेत नयाँ खालको परिवर्तन हुने विश्वास व्यक्त गरे । 

पुर्वाञ्चल विश्वविद्यालय, मानविकी संकायका डिन रामप्रसाद ढकालले अन्तर्राष्ट्रिय विश्विद्यालयले नेपालका विश्वविद्यालयसँग समन्वय गरेर ज्ञान र सिकाइ आदान प्रदान गर्नेकाम गरेकोमा सबैलाई धन्यवाद दिनुभयो । साथै उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालयको सिकाइ आदान प्रदानले नेपालको सामाजिक कार्यमा समेत गुणात्मक सुधार हुने अपेक्षा राख्नुभयो । 

नेपालमा सामाजिक कार्यको अभ्यासमूलक शिक्षाको सशक्तिकरण ९भ्क्ध्एभ्ल्० का परियाजना संयोजक खगेन्द्रप्रसाद अधिकारीले यो कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयका प्राध्यापकहरु एउटै थलोमा जम्मा भएर अनुभव आदान प्रदान गर्दा नयाँ सिकाइ भउको बताउनुभयो । 

नेपालमा सामाजिक कार्यको अभ्यासमूलक शिक्षाको सशक्तिकरण ९भ्क्ध्एभ्ल्० का परियाजना संयोजक सुकृता राईले यो अभ्यास नेपालका लागि नयाँ भएकाले यसले सामाजिक कार्यका लागि उत्कृष्ट कार्य गर्ने बताउनुभयो । 

नेपालमा सामाजिक कार्यको अभ्यासमूलक शिक्षाको सशक्तिकरण ९भ्क्ध्एभ्ल्० का परियाजना संयोजक पुकार चौधरीले नेपाल जस्तो भौगोलिक कठिनाइ भएको देशमा सामाजिका कार्य चुनौतीको विषय भए पनि यो तालिमले अध्ययन अध्यापन कार्यमा संलग्न व्यक्तिहरुलाई सहजीकरणमा सहयोग पुग्ने बताउनुभयो । 

तालिममा पूर्वाञ्चल विश्वविद्यालयलको समन्वयमा १० जना, त्रिभुवन विश्वविद्यालयबाट १३ जना र मध्यपश्चिम विश्वविद्यालयबाट ८ जना गरी ३१ जना प्राध्यापकहरुको सहभागिता रहेको छ । पूर्वाञ्चल विश्वविद्यालय जनता आदर्श बहुमुखी क्याम्पस विराटनगरले आयोजना गरेको सो कार्यक्रमलाई युरोपियन युनियनले सहयोग गरेको थियो ।

युनिभर्सिटी अफ इष्टर्न फिनल्याण्डाको समन्वयमा सञ्चालित सो कार्यक्रममा चेक गणतन्त्रको ओस्ट्राभा युनिभर्सिटी, स्पेनको नेसनल युनिभर्सिटी अफ डिस्टान्स एजुकेशन, पूर्वाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र मध्य पश्चिम विश्वविद्यालय साझेदार संस्थाको रुपमा रहेका छन् ।


सामाजिक कार्य सम्बन्धी सात वुँदे विराटनगर घोषणापत्र जारी
विभिन्न तीनवटा विश्वविद्यालयका प्राध्यापकहरुले सामाजिक कार्य विषयलाई अझै प्रभावकारी ढंगबाट लागू गर्नका लागि सात वुँदे घोषणापत्र समेत जारी गरेका छन् । जुन घोषणापत्रले सामाजिक कार्य विषयका लागि आगामी दिनमा थप प्रभावकारी ढंगले विश्वविद्यालयमा सञ्चालन गर्न सहज हुने प्राध्यापकहरुको भनाइ रहेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top