होमपेज / समाज
काठमाडौं । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) को अध्यक्षमा विदुर सुवेदी र महासचिवमा तिलोत्तम पौडेल निर्वाचित भएका छन् । एलायन्सकाे बिहीबार सम्पन्न भएकाे छैटौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ ।
एलायन्सकाे उपाध्यक्ष मञ्जु गुरुङ र नहिम अन्सारी निर्वाचित भएका छन् भने उपमहासचिवमा नरेन्द्र डङ्गोल निर्वाचित भएका छन् । यसैगरी सचिवमा मधुसूदन सापकोटा, प्रदीप कुमार लामिछाने, रोशना खडका र पिवन्त न्यौपाने निर्वाचित भएका छन् ।
महाधिवेशनले ६५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । चार सदस्सीय लेखा समितिकाे संयोजकमा रामशरण पौडेल निर्वाचित भएका छन् ।
हेर्नुहाेस् विस्तृतमा

