होमपेज / समाज
काठमाडाैं । राष्ट्रियसभाकोे बिहीबारकाे बैठकमा विभिन्न पाँचवटा अध्यादेश बहुमतले स्वीकृत भएका छन् ।
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण ९पहिलो संशोधन० अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ राष्ट्रियसभाबाट स्वीकृत भएको हो ।
त्यसअघि उक्त अध्यादेशबिरुद्ध परेका विरोधका सूचनाहरु अस्वीकृत भएका थिए । यी अध्यादेश प्रतिनिधिसभाबाट बहुमतले पारित भइसकेका छन् ।
अध्यादेश संघीय संसदको दुवै सदनबाट पारित भएसंगै सरकारलाई प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ ।