ट्रेण्डिङ

होमपेज / समाज

मध्यपश्चिम विश्वविद्यालय र कर्मचारी सञ्चय कोषबीच पुरक सम्झौता-पत्रमा हस्ताक्षर

नेपालगाथा २०८१ फाल्गुण २१ गते बुधबार १८:०६:३८ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय र कर्मचारी सञ्चय कोषबीच योगदानमा आधारित पेन्सन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन पुरक सम्झौता-पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शोभाखर कँडेल र कर्मचारी सञ्चय कोषका मुख्य प्रवन्धक विरेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् ।

यस अघि भएको सम्झौतालाई पूर्ण कार्यान्वयन गर्न पुरक सम्झौताको आवश्यकता भए बमोजिम गरिएकाे सम्झौताले विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरूलाई नियमानुसार उचित पेन्सन सुविधा उपलब्ध गराउन प्रतिबद्धता दोहोर्याएका छन् ।

सम्झौतामा पेन्सन कोष व्यवस्थापन, वित्तीय स्थायित्वका लागि बीमांक मूल्यांकन, र आवश्यकता अनुसार पेन्सन योजनामा आवश्यक समायोजन गर्ने व्यवस्था समेटिएको छ ।

यस सम्झौताले विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरूको वित्तीय हित संरक्षण गर्ने, सेवानिवृत्तिपछिको आर्थिक सुरक्षालाई बलियो बनाउने र संस्थागत स्तरमा दीर्घकालीन कल्याणका लागि नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।

कार्यक्रममा ग्य्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सेसका डीन सह प्रा.डा. लीलाधर तिवारी, सह-प्रा.डा. अमृत कुमार शर्मा गैरे, कर्मचारी सञ्चय कोषका वरिष्ठ प्रवन्धक ध्रुवप्रसाद तिवारीलगायतको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top