ट्रेण्डिङ

होमपेज / समाज

सोनाम ल्होसार आउँदा बाल्यकाल याद आउँछ

नेपालगाथा २०८१ माघ १७ गते बिहीबार ०८:४५:३३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोनाम ल्होसार आउँदा आफ्नो बाल्यकाल याद आउने बताउनुभएको छ । बिहीबार सोनाम ल्होसारको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सोनाम ल्होसार आउँदा घरका छाना र डाँडामा बनाइएका मानेमाथि राता, सेता, पहेँला, नीला र हरिया ध्वजा फरफराएको सम्झना आउने बताउनुभएको छ । उहाँले यो धार्मिक तथा सांस्कृतिक पर्वको अवसरमा सबैलाई शुभकामना दिनुभएको छ । 

ल्होसारमा गाइने सेला नेपाली लोकसङ्गीतको महत्त्वपूर्ण विधा भएको ओलीले उल्लेख गर्नुभएको छ । त्यसैले यो पर्व धार्मिक साथै सांस्कृतिक पर्व पनि भएको ओलीले बताउनुभएको छ । 

‘आज तामाङ समुदायको नयाँ वर्ष, अर्थात् सोनाम ल्होसार, सोनाम ल्होसार आउँदा घरका छाना र डाँडामा बनाइएका मानेमाथि राता, सेता, पहेँला, नीला र हरिया ध्वजा फरफराएको सम्झना आउँछ, यस अवसरमा डम्फु बजाएर गाइने सेलो नेपाली लोक सङ्गीतको एउटा महत्त्वपूर्ण विधा हो, हाम्रो सुन्दर पर्व सोनाम ल्होसारको अवसरमा झाम्मान् (सबै) नानाआङा (दिदीबहिनी) तथा ज्योज्योआले (दाजुभाइ) हरूमा हार्दिक शुभकामना’, ओलीले शुभकामना सन्देशमा लेख्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top