ट्रेण्डिङ

होमपेज / समाज

सामाजिक सञ्जालसम्बन्धी विधेयक राष्ट्रियसभामा दर्ता

नेपालगाथा २०८१ माघ १५ गते मंगलबार १५:४६:४५ मा प्रकाशित

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार सामाजिक सञ्जालसम्बन्धी विधेयक राष्ट्रियसभामा दर्ता गराएका छन् । फेसबुक, टीकटक, युट्यूव लगायतका सामाजिक सञ्जालको बढ्दो दुरुपयोगलाई नियमन साथै नियन्त्रण गर्न सरकारले विधेयक ल्याएको बताइएको छ ।

नयाँ ऐनको आवश्यकताबारे विधेयकमा ‘सामाजिक सञ्जालको सही र व्यवस्थित प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्न सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाई सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्ने तथा नियमन गर्ने सम्बन्धमा आवश्यक कानूनी व्यवस्था गर्न उल्लेख छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top