होमपेज / समाज
विराटनगर । नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको तेह्रौ अधिवेशनबाट शालिकग्राम कोइराला अध्यक्षमा निर्वाचित भएका हुन् । यस अगाडि कोइराला नेपाल निजामती संगठनका कार्यवाहक अध्यक्ष समेत रहेका थिए ।
समितिको उपाध्यक्षमा नरहरी निरौला, महिला उपाध्यक्षमा सुनिता निरौला, सचिव सुरेश कुमार ढुङगेल, सहसचिव ममता कोइराला, कोषाध्यक्ष पुरुषोतम पौडेल निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा अनिल दाहाल, विप्लव चौलागाईँ, रेवतीराम रोक्का, वविता राई, शिवशंकर मेहता, हरि सुवेदी, प्राणनाथ दाहाल, मनोज ढकाल, खुमा अधिकारी, चन्द्रकला सापकोटा, सुनिता पौडेल, अनिल गिरी र कृष्ण प्रसाद भट्टराई निर्वाचित भएका छन् ।
लेखा आयोग संयोजकमा चन्द्रमणि लुईटेल र सदस्यहरुमा तीर्थ गुरागाई र श्याम तिम्सिना निर्वाचित भएका छन् । केन्द्रीय प्रतिनिधिमा रमेश खतिवडा, मोहनलाल मेहता, यामनाथ बराल, राजु पोखरेल, मुना दाहाल र रोहित पौडेल निर्वाचित भएका छन् ।
यसैगरी प्रदेश प्रतिनिधिमा हरि प्रसाद सुवेदी, जानकी प्रसाद अधिकारी , सरण कुमार गजमेर, सुधिरा न्यौपाने, नन्दकिशोर काफले, पशुपति घिमिरे, चुडामणी रिजाल, भानु गुरागाईँ, लुकनाथ पोखरेल, हेमसागर पोखरेल र जय प्रसाद काफले निर्वाचित भएका छन्।
नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय उपमहासचिव रामचन्द्र अधिकारी प्रमुख अतिथि रहेकाे कार्यक्रममा नेपाल कर्मचारी संगठनका निवर्तमान महासचिव जिवन काफ्ले, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बावुराम कार्कीलगायतका विशिष्ट अतिथिहरूले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए ।