होमपेज / समाज
काठमाडौं। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको पुष्टि गरेको छ ।
मृत्यु हुनेमा कैलालीका कमला नवीन भण्डारी, लछिराम पासी, अछामका हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला उर्फ कला कामी र बाँकेका राधेश्याम राध रहेका छन् ।
यस्तै दुर्घटनामा थप ४ जना नेपाली घाइते समेत भएका छन् । रेल दुर्घटनामा अन्य पाँचजना भारतीयको पनि मृत्यु भएको छ ।