ट्रेण्डिङ

होमपेज / समाज

प्रधानमन्त्री ओली र युरोपियन युनियनका राजदूत लोरेञ्जोबिच भेटवार्ता

नेपालगाथा २०८१ श्रावण २३ गते बुधबार १४:४५:५५ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोबिच बुधवार भेटवार्ता छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओली र राजदूत लोरेञ्जोबिच भेटवार्ता भएको हो । 

उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक तथा सामाजिक विकासमा युरोपियन युनियनको सहयोगप्रति प्रशंसा गर्दै शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई राजनीतिक सहमतिका आधारमा टुङ्गो लगाउन लागिएको जानकारी गराए ।

प्रधानमन्त्री ओलीले नेपाल र युनियनबीचको कूटनीतिक सम्बन्धको ५० औँ वर्ष प्रवेशको स्मरण गर्दै नेपाल सन् २०२६ सम्ममा विकासशील र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने तयारीमा रहेकाले  यसमा विकास साझेदारहरुको सहयोग अपेक्षित भएको बताए ।

प्रधानमन्त्री ओलीले लोकतन्त्र र मानव अधिकारको प्रत्याभूतिप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रही गरिबी निवारण र आर्थिक सामाजिक विकासमा क्रियाशील रहने स्पष्ट पारे । राजदूत लोरेञ्जोले सरकारका प्राथमिकता र लक्ष्यहरु सफलतामा पुगोस् भन्ने कामना गर्दै प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गरिन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top