ट्रेण्डिङ

होमपेज / समाज

सामुदायिक सचेतनमूलक कार्यक्रम सम्पन्न

नेपालगाथा २०८० असार २६ गते मंगलबार १७:००:३४ मा प्रकाशित

सुर्खेत ।  कर्णाली प्रदेश प्रहरीले जिल्लाका विभिन्न स्थानहरूमा सचेतनामूलक कार्यक्रम संचालन गरेको छ । असार २५ गतेबाट शुरु भएकाे  सचेतनामुलक कार्यक्रम कर्णाली प्रदेश अन्तर्गत कालिकोट, मुगु, जाजरकोट र सल्यान जिल्लाहरुमा संचालन भएको हो । जिल्लाका विभिन्न स्थानहरुमा जातीय भेदभाद तथा छुवाछुत, आग्लागी नियन्त्रण, बाल विवाह तथा बहु विवाह न्यूनीकरण, जबरजस्ती करणी न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गरेको हो । कार्यक्रममा स्थानिय जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधि, स्थानिय व्यक्तिहरू, व्यापारी, समाजसेवी, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । जसबाट एकैदिनमा करीब ४०० जना भन्दा बढी व्यक्तिहरूलाई सचेतना दिइएको छ ।

कालिकोट जिल्लाको महावै गाँउपालिका वडा नं. ४ मा जातिय भेदभाद तथा छुवाछुत सम्बन्धी कार्यक्रम संचालन गरेको हो । यसैगरी जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा नम्बर ८ पौवामा आगलागी नियन्त्रण सम्बन्धी कार्यक्रम संचालन गरेको छ । मुगु जिल्लाको सोरु गाउँपालीका वडा नं.६ रावलवडाटोलमा र खत्याड गाउँपालीका वडा नं.३ खर्कगाउँमा, बाल विवाह तथा बहु विवाह न्यूनिकरण र जबरजस्ती करणी न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गरेको हो ।

यस्तै सल्यान जिल्लामा दार्मा गाउँपालिका वडा नम्बर २ लिंगाछापमा आत्महत्या न्युनीकरण, कालिमाटी गाउँपालिका वडा नम्बर ३ र ७ मा  जबरजस्ती करणी न्युनीकरण र  अन्तर्गत आत्महत्या न्युनीकरण सम्बन्धी र बागचौर नगरपालीका वडा नम्बर ४ मा सडक दुर्घटना न्युनीकरण सम्बन्धी सामुदायीक कार्यक्रम संचालन गरी  कानुनी कुराकाे समेत सचेतना गराएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top