होमपेज / समाज
सुर्खेत । जिल्लाको पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालवीर भण्डारीले एक सार्वजनिक कार्यक्रममा एक लाख बराबर रुपैयाँको अक्षय कोषको स्थापना गर्ने घोषणा गरेका छन् । नगर प्रमुख भण्डारीले साे रकम पञ्चपुरी नगरपालिका–९ मा रहेको विद्यापुर जनता बहुमुखी क्याक्पसमा अध्ययनरत विद्यार्थीहरुका लागि खर्च गर्ने बताएका छन्।
साथै भण्डारीले क्यम्पसमा अध्ययनरत अशाय, टुहुरा, गरिवी र जेहेन्दार विद्यार्थीहरुको लागि अक्षय कोषको निर्माण गरिने जनाएका हुन् । नगरप्रमुख भण्डारीका अनुसार प्रत्येक वर्ष एक लाख रुपैयाँ उक्त अक्षय कोषमा जम्मा गर्ने पनि प्रतिवद्धता जनाएका छन्।