होमपेज / समाज
काठमाडौं । ११ कक्षामा पढ्ने छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा काठमाडौं चावाहिलमा रहेको सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले सोधपुछका लागि अधिकारीलाई नियन्त्रणमा लिएको हो ।
यसअघि सेन्ट लरेन्सका विद्यार्थीहरुले छात्रामाथि दुव्र्यवहार गरेको शिक्षकमाथि कारवाहीको माग गर्दै आन्दोलन गरेका थिए । उनले एक छात्रालाई यौन सम्बन्धका लागि दबाब दिएको आरोप विद्यार्थीहरुले लगाएका छन् ।