ट्रेण्डिङ

होमपेज / समाज

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नेपालगाथा २०७७ श्रावण ५ गते सोमबार ०७:५६:४३ मा प्रकाशित

चितवन । लगातारको पानी संगै गएको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सोमबार बिहान ५ बजेतिर इच्छाकामना–६ चारकिलो भन्ने स्थानमा दुई वटा विद्युतका पोलसहित ठूलो पहिरो खसेपछि सडकखण्ड अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने बताएको छ । माथिबाट समेत थप पहिरो खसिरहेकाले आज दिनभर जस्तो सडक अवरुद्ध हुन सक्ने देखिएको प्रहरीको भनाई छ । त्यसैले आज यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । 

दिन भर जसो नै सडक अवरुद्ध हुने देखिए पछि एकतर्फी सवारी लामबद्ध गरिदिन प्रहरीले अनुरोध गरेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top