होमपेज / समाज
काठमाडौं । सप्तकोशी नदीमा आएको बाढीले उच्च जोखिमको तह पार गरे पनि ३८ वटा ढोका मात्रै खोलिएको छ । ब्यारेजका ५६ मध्ये ३८ वटा ढोका मात्र खोलिएको छ । भारतीय नियन्त्रणमा रहेको उक्त ब्यारेजमा पानीको सहत निरन्तर बढिरहेकाले खतराको उच्च तहमा पुगेको छ ।
अहिले पनि कोशीको सहायक नदी, माथिल्लो तटीय र ब्यारेज क्षेत्रमा अविरल वर्षा भइरहेको छ । शनिबार बिहान ८ बजे गरिएको मापन अनुसार सप्तकोशीमा पानीको बहाव २ लाख ७५ हजार क्युसेक पुगेको छ ।