होमपेज / समाज
विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सप्तकोशीमा पानी यो वर्षकै उच्च मापन गरिएको छ । देशका पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन भएको हो ।
कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७ सय १५ क्यूसेक मापन भएको छ । पानीको बहाव यो वर्षकै उच्च हो ।
कोशीमा पानीको बहाव बढ्दो क्रममा रहेका कारण ५६ मध्ये ३० वटा ढोका खुला गरेको कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको जनाइएको छ ।