ट्रेण्डिङ

होमपेज / समाज

सडकमै धान रोपेर विरोध प्रदर्शन

नेपालगाथा २०७७ असार २४ गते बुधबार १८:४८:५१ मा प्रकाशित

पर्सा । पर्सामा सडकमै धान रोपेर विरोध गरिएको छ । जिल्लाको छिपहरमाई गाउँपालिका– ५ भिस्वाका स्थानीयले हिलाम्य सडकमा धान रोपेर प्रदर्शन गरेका हुन् । वर्षा शुरु भएसँगै भिस्वा बजार हुँदै वीरगञ्ज आउने सडकखण्ड हिलाम्य भएपछि धान रोपेर विरोध प्रदर्शन गरिएको स्थानीयले बताएका छन् ।

भिस्वा गाउँबाट भिस्वा बजार हुँदै जिल्ला सदरमुकाम वीरगञ्ज जाने सडक हिलाम्य भएर आवत जावत गर्न समस्या भएपछि सडकमै धान रोपिएको स्थानीय हरेन्द्र कुशवाहले बताए । ‘सडकको दुरावस्थाले गाउँमा मोटरसाइकल, साइकल, एम्बुलेन्स आउन जान नसक्ने अवस्था छ । पैदल यात्रुलाई समेत सडकमा हिँड्न गाह्रो भइरहेको छ’ उनले भने ।

गाउँपालिकामा स्रोत र साधन भए पनि स्थानीय जनप्रतिनिधिले समस्या समाधानका लागि चासो नदेखाएकाले सडकमै रोपाइँ गरेको कुशवाहले बताए ।
सडक भन्दा तीन फिट माथि नाला बनाएको तर सडकको उचाइ नबढाइएकाले पानीको निकास हुन नसकेर सकडमै जम्ने गरेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top