ट्रेण्डिङ

होमपेज / समाज

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने

नेपालगाथा २०७५ माघ २५ गते शुक्रबार १२:२५:२३ मा प्रकाशित

धनुषा । जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ । पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आउनुभएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यस विषयमा छलफल गर्नुभएको थियो । विश्व सम्पदा सूचीमा राख्न अधिकांश प्रक्रिया पूरा भए पनि अझै केही गर्नुपर्ने बाँकी रहेको मनहर्टले जानकारी दिनुभएको उपमहानगरप्रमुख साहले जान्कारी ।

मनहर्टले विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पूर्वाधारसम्बन्धी पुस्तक आफूलाई दिनुभएको र त्यहीबमोजिम बाँकी प्रक्रिया पूरा आग्रह गर्नुभएको उहाँले उल्लेख गर्नुभयो । उपमहानगरप्रमुख साह तथा उपप्रमुख रिताकुमारी मिश्रले मनहर्टको सम्मान गर्नुभएको थियो । अहिलेसम्म नेपालका सांस्कृतिक र प्राकृतिक सम्पदा गरी १० वटा क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top