ट्रेण्डिङ

होमपेज / समाज

फरार अभियुक्त पक्राउ

नेपालगाथा २०७५ माघ २४ गते बिहीबार २१:२०:५३ मा प्रकाशित

बारा । कर्तव्य ज्यान मुद्दामा ५ बर्ष देखी फरार रहेका अभियुक्त महागढीमाई नगरपालिका-६ बस्ने लखन सहनीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 
सोही नगरपालिका बस्ने २१ वर्षीया खुश्बुदेबी सहनीलाई २०७० कार्तिक १७ गते हत्या गरी फरार रहेका सहनीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका सहनीलाई बारा जिल्ला अदालतको आदेशमा पुर्पक्षको लागि बुधवार बीरगंज कारागार पर्सामा पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top