ट्रेण्डिङ

होमपेज / समाज

सामाजिक उत्सव मनाउने प्रचलन बदलियाे

विवाह उत्सव कुपोषित बालवालिकासँग

नेपालगाथा २०७५ माघ २४ गते बिहीबार २१:१४:५२ मा प्रकाशित

सुर्खेत। समय परिवर्तन भएसँगै सामाजिक संस्कार मनाउने प्रचलनमा पनि परिवर्तन भएकाे छ । मानिस चेतनशील प्राणी भएकाले उसले अाफ्ना रितिरिवाज र परम्परालार्इ पनि समयानुसार परिवर्तन गर्दै लगेकाे छ । यस्तै परिवर्तन गरेका छन् दिपेन र लक्ष्मीले ।

सुर्खेत वीरेन्द्रनगर घर भएका दिपेन सुवेदी र लक्ष्मी भण्डारीले विवाह गरेकाे वर्ष दिन पुगेकाे छ । उनीहरुले विवाहकाे पहिलाे वर्ष गाँठकाे अवसरमा कुपोषित बालवालिकासँग मनाएका छन् । विवाहको पहिलो वर्षगाठको अवसरमा बिहीबार सुर्खेतस्थित पोषण पुर्नस्थापना गृहमा फलफुल र हरलिक्स वितरण गरेर मनाएका छन् ।

कुपोषित बालवालिकाहरुलाई सेवा गर्ने उद्देश्यले सुवेदी दम्पतीले गृहमा आश्रित बालवालिका र उनीहरुका आमालाई संयूक्त रुपमा फलफूल र हरलिक्स प्रदान गरेका हुन् । कुपोषित बालवालिकाको पोषणमा सुधार गर्ने उद्देश्यले विवाह वर्षगाठका अवसरमा सो कार्यक्रम गरिएको सुवेदी दम्पतीले बताए । पुर्नस्थापना गृहमा कर्णाली प्रदेशका विभिन्न जिल्लाका पाँच बालिका र चार बालक गरी नौ जना आश्रित रहेका छन् ।

फलफूल वितरण पछि पुर्नस्थापना गृहमा रहेकी दैलेखकी रीमा कँडेलले आफुहरु खुसी भएको बताइन् । उनले कुपोषित बालवालिकाहरुलाई फलफुल वितरण गरेकोमा सुवेदी दम्पतीलाई धन्यवाद व्यक्त गरिन् । पुर्नस्थापना गृहका प्रमुख प्रभा सिंहले यस्ता खालका गतिविधिले सामाजिक सेवामा लाग्न प्रेरणा जगाउने र पुर्नस्थापना गृह सञ्चालनमा सहयोग पुग्ने बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top