होमपेज / समाज
चन्द्रा कंडेल, सुर्खेत । कर्णाली प्रदेशका २ लाख ९८ हजार १७४ घरधुरी मध्ये १ लाख ८९ हजार ७११ ले मात्र सुरक्षित पानीको श्रोतबाट पानी प्रयोग गर्नेे गरेको तथ्याङ्क कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
कार्यालयका अनुसार, कतिपय ठाँउमा अहिले पनि खानेपानीको हाहाकार हुने गरेका कारण नागरिकहरु सुरक्षित पानीको श्रोतबाट पानी प्रयोग सकिरहेका छैनन् ।
असुरक्षित पानी प्रयोगका कारण कर्णाली प्रदेशमा पटक–पटक रोग र महामारी फैलदैैँ आएका छन् । नागरिकमा पनि पानी सुरक्षित गरेर खाने बानीको विकास नहँुदा र जनचेतनाको कमिका कारण कर्णालीबासी चपेटामा पर्ने गरेका हुन् ।
तर अहिले भने पानी शुद्धीकरण गरेर खानु पर्छ भनेर नागरिकहरु सचेत हँुदै गएका छन् ।
वीरेन्द्रनगर नगरपालिका १६ की कौशीला घिमिरेले धाराको पानी सिधै खाने बानीलाई परिवर्तन गरेर पानी शुद्धीकरण गरेर मात्रै खान शुरु गरेको बताउनुभयो । शुद्धीकरण गरेर पानी प्रयोग गर्न थाले पछि पहिले जस्तो पेट दुख्ने, पखाला लाग्ने जस्ता रोगहरु कम भएको उहाँको भनाई छ ।
हामीले सधैं पिउने पानीलाई शुद्धीकरण गरेर मात्र खाने बानी बसाल्ने हो भने पानीजन्य रोगबाट बच्न सकिने सुर्खेत लेखगाउँ स्वास्थ्यचौकीमा कार्यरत सिनिएर अहेब रामप्रसाद भण्डारीको भनाई छ ।
पानी शुद्धीकरण गर्नको लागि फिल्टर र तताउने विधिका साथै सूर्यको तापबाट पनि पानीमा रहेका हानिकारक किटाणुलाई निष्क्रिय पार्न सकिने बताउनुभयो ।
पानीलाई सजिलो र भरपर्दाे तरिकाले शुद्धीकरण गर्ने विधि भनेको उमाल्ने विधि हो । यसलाई हाम्रो गाँउ घरमा सजिलै प्रयोगमा ल्याउन सकिन्छ । अहेब भण्डारीले यो बिधिबाट पानीमा भएका हानिकारक किटाणु अनि जिवाणुलाई नष्ट पारी पानी प्रयोग गर्ने बानिको विकास गरेमा पानीजन्य रोगबाट बच्न सकिने बताउनुभयो ।