होमपेज / समाज
सुर्खेत। सरकारले दोहोरो कर लगाएर आफूलाई मर्कामा पारेको भन्दै सुर्खेतका अटो व्यवसायी आन्दोलित भएका छन। उनीहरुले एउटै जिल्ला र स्थानमा अटो सञ्चालन हुँदा पनि राज्यलाई तिर्नु परेको दोहोरो करले अन्यायमा पारेकाले विरोधमा उत्रेको बताएका छन्।
साझा अटो ब्यवसायी संघर्ष समितिका अध्यक्ष पदम यस अघि नगरपालिका सँग वार्ता गर्दा पनि सहमतिको प्रयास नगरिएको बताए । अटो व्यवसायी बिबि सोनीले यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशमा चार हजार ५०० तिरेर पञ्जीकरण गरिसक्दा नगरपालिकाले थप पाँच हजार कर लादेको आरोप लगाउनुभयो।
अटोरिक्सा व्यवसायीहरुलाई परेको मारको नगरपालिकाले सम्बोधन गर्ने वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बताउनु भयाे । उहाँले सरकारले लगाएको कर तिर्नुपर्ने उनीहरुको कर्तव्य हो र यदि उनीहरुलाई चित्त नबुझेको भए संसोधन गर्न मिल्ने ठाउँमा संशोधन गरिने समेत बताउनु भयाे ।
व्यवसायीमैत्री कर निर्धारण गर्न राखिएको माग पूरा नगरिए स्थानीय सरकारका विरुद्ध सडक आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिएका छन्। हाल सुर्खेतमा २ हजार २०० अटो सञ्चालनमा छन् ।