ट्रेण्डिङ

होमपेज / समाज

फुल्चोकी र चन्द्रागिरीमा भोलि हिउँ पर्ने

नेपालगाथा २०७५ माघ २४ गते बिहीबार १३:५५:०३ मा प्रकाशित

काठमाडौंको चन्द्रागिरीलगायत उपत्यकाका अग्ला भूभागमा भोलि हिउँ पर्ने भएको छ । शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ।

‘बादलको प्रकृति हेर्दा पश्चिमी हिमाली क्षेत्रमा आज बिहानैदेखि हिमपात भएको हुनुपर्छ, शुक्रबार काठमाडौं आसपासका अग्ला भूभाग फुल्चोकी, दामन, चन्द्रागिरिलगायत स्थानमा पनि हल्का हिमपात हुने देखिन्छ’, मौसमविद् वरुण पौडेलले भने।

जम्मुकाश्मिर हुँदै नेपाल प्रवेश गरेको मौसमको यो प्रणालीले पश्चिमबाट पूर्वतिर प्रभाव पार्दै गएको र आज बिहान काठमाडौं आइपुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली क्षेत्रमा पनि व्यापक हिमपातको सम्भावना देखिएको छ।

शनिबारसम्म पश्चिममा आकाश केही खुल्ने जानकारी दिँदै उनले काठमाडौं पूर्वतिर भने शनिबार पनि यसका अवशेष देखिने बताए। ‘पूरै देशभरिको आकाश खुल्न भने आइतबारसम्म  मौसमविद् पौडेलले भने। (रासस)

प्रतिक्रिया

सम्बन्धित खवर

Top