होमपेज / समाज

१ दिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

नेपाल गाथा २०७५ माघ २३ गते बुधबार १९:३२:५६ मा प्रकाशित

संजय कुशवाहा, नवलपरासी । नवलपरासीको सुस्ता गाउपालिका वडा नं ४ नर्सहीमा १ दिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । शहिद स्मृति सामुदायिक अस्पताल चौपत्ताको र नवलपरासी केरा उत्पादक संघको संयुक्त आयोजनामा उक्त शिबिर सम्पन्न भएको हो ।

चिसो मौसममा बिरामीहरुको चाप बढदै गएपछि स्थानियहरुको समस्या भएको हुदाँ शिविर संचालन गरी बिभिन्न किसीमको बिरामीहरुलाई चेकजाच गरि औषधी बितरण गरिएको नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लखु यादवले जानकारी दिनु भयो।

शिविरमा शहिद स्मृति सामुदायीक अस्पताल बाट करिब १८ जना स्वास्थ्य कर्मीहरुको सहभागिता रहेको र सो वडा बाट ३५५ जना मानिसहरुलाई परिक्षण गरि औषधी बितरण गरिएको सामुदायीक अस्पतालको अध्यक्ष निमानन्द न्योपानेले बताऊनु भयो। कार्यक्रममा सुस्ता गाऊपालिका प्रमुख राम प्रसाद पाण्डे, अशोक गुरुङ्ग,लक्ष्मी खरेल डिवी थापा लगाय़तहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top