होमपेज / समाज
सुर्खेत । फ्रोर्स मोटर्स लिमिटेडले फ्रोर्स ट्राभेलर बिएसआईभि रेन्जको गाडिको बिक्री वितरण तथा सोरुम उद्घाटन गरेको छ । बुधबार एक कार्यक्रमका बिच वीरेन्द्रनगरमा उद्घाटन गरिएको हो । भारतको नेपालको लागि आधिकारिक बिक्रेता प्राईम अटो टेक नेपाल प्रा.लि.र भेरी कर्णाली अञ्चलको लागि आधिकारिक बिक्रेता श्रीराम इन्टरप्रार्ईजेज एण्ड अर्डर सम्लायर्स प्रा.लि.को संयुक्त आयोजनामा उद्घाटन गरिएको हो । पछिल्लो समयमा नेपालमा नयाँ नयाँ गाडिहरु भिक्राउने क्रममा फ्रोर्सले पनि भिक्राएको हो ।

नयाँ गाडिहरु भिक्रिय संगै यातायात सेवमा सहजहुने भएकाले यसलाई सहि सदुपयोग गरेर अघि बढ्नुपर्ने व्यवसायीहरुको विश्वास रहेको छ । उद्घाटन सँगै व्यवसायीहरुले उक्त गाडिहरु खरिद गरेका छन् । उद्घाटन कार्यक्रममा सुर्खेत स्थित विभिन्न व्यवसायमा संङलग्न व्यवसायीहरुको सहभागिता रहेको थियो ।
