होमपेज / समाज
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका अन्तरगत १६ वटा वडाका उपभोक्ता समितिहरुलाई तालिम प्रदान गरिएको छ । नगरभित्रका आयोजनाहरु सहज तरिकाले सम्पन्न हुने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिममा उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन कार्यविधिको बारेमा जानकारी गराइएको थियो ।
त्यसैगरी योजना सम्झौता, जाँच पास तथा भुक्तानी प्रक्रियाका बारेमा प्रष्ट पारिएको नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीले जानकारी दिनुभयो । नगरभित्रका चार सय ७९ योजनाका नौ सय ५८ जना तालिममा सहभागी रहेका थिए ।
गत वैशाखमा उक्त कार्यविधि जारी गरिएको हो । नगरका पाँच लाख भन्दा साना आयोजनाहरु सम्बन्धीत वडा तह र पाँच लाख भन्दा बढिका आयोजनाहरु नगरतहबाट संचालन हुने व्यवस्था गरिएको छ ।
आयोजनाबाट प्रत्यक्ष लाभान्वित उपभोक्ताहरुको भेलाबाट अधिकतम सहभागितामा सातदेखि ११ जना सदस्यीय उपभोक्ता समिति गठन गर्नुपर्ने व्यवस्था रहेको छ । रासस