ट्रेण्डिङ

होमपेज / समाज

सदरमुकाम माग्दै ज्ञापनपत्र बुझाउन हिँडेकाको लस्कर

नेपालगाथा २०७५ माघ २३ गते बुधबार १८:०२:४६ मा प्रकाशित

रुकुम पूर्व । सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा जिल्लामा विभिन्न आन्दोलनका कार्यक्रम भइरहेका छन् । अस्थायी सदरमुकाम तोकिएको रुकुमकोट पक्षधर र स्थायी सदरमुकाम बनाउने निर्णय भएको गोल्खाडा पक्षधरले आ–आफ्नो क्षेत्रमा स्थायी सदरमुकामा कायम गर्नुपर्ने मागसहित आन्दोलनमा छन् । सिस्ने गाउँपालिका ५ र ६ रुकुमकोटमै स्थायी सदरमुकाम बनाउनुपर्ने मागसहितको एउटा टोली आन्दोलित छ भने पुथाउत्तरगंगा गाउँपालिका १२ मा स्थायी सदरमुकाम बनाउनुपर्ने मागमा अर्को गोल्खाडा पक्षधरहरु छन् ।

२०७४ साल माघ ११ गतेको सरकारले जिल्लाको स्थायी सदरमुकाम गोल्खाडा कायम गर्ने निर्णय गरेपछि रुकुमकोट पक्षधर निर्णयको विरोधमा लागेका थिए भने गोल्खाडा पक्षधर निर्णयको पक्षमा लागेर खुसी मनाएका थिए । सरकारको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर भएपटि उक्त मुद्दा हाल विचाराधिन छ । मुद्दाको पेसी यही माघ २७ गते तोकिएको छ । उक्त पेसी तोकिएको दिन नजिकिँदै जाँदा दुवै पक्षले दबाबमूलक कार्यक्रम गरिरहेका छन् ।

यसै सन्दर्भमा रुकुम पूर्वको स्थायी सदरमुकाम गोल्खाडा स्थापनार्थ सरोकार समितिले बुधबार सरकारको निर्णय कार्यान्वयन गर्न दवाव दिन भन्दै प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मालाई ज्ञापन पत्र बुझाउन कार्यक्रम बनायो । ज्ञापन पत्र बुझाउन महिला, बालबालिका तथा वृद्धवृद्धा पनि सहभागी रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top