ट्रेण्डिङ

होमपेज / समाज

धुर्मुस सुन्तलीलाई सक्छौ सहयोग गर, सक्दैनौं ल्याङ ल्याङ नगर, एक चेलिको कडा चेतावनी

नेपालगाथा २०७५ माघ २३ गते बुधबार १३:०५:४३ मा प्रकाशित

सरकारले गर्ने भए त धरहरा अस्ति नै उठिसक्थ्यो, रानीपोखरी पहिलाको जस्तै हुन्थ्यो, ठुल्ठुला बिकाशका परियोजनाहरु बनिसक्थे। गुखाने सरकारले नगरेर पो सबै जनता मिलेर गरौँ भनेको हो त । यस्को नाफा कस्ले लिने, घाटा कस्ले लिने भन्ने कुरामा टाउको दुखाउनु पर्दैन, सबै सबालको जबाफ पाउनेछौ । र अर्कोकुरो सरकारले गर्ने भए ३ अरबको परियोजना ३० अरबको देखाएर देश दोहन गर्ने थियो ।

सामाजिक सन्जालका भित्ते राष्ट्रपतिहरु, सक्छौ भने आर्थिक सहयोग गर, सक्दैनौ भने हात बाँधेर साईड लाग, तर धुर्मुस सुन्तलीको बिरोध नगर..! हरेक कुराको सिमा हुन्छ, सीमा तोड्नेको हालत के हुन्छ, थाहै होला नि ? हेरिराछु तिमीहरुको चुरिफुरी ..! हुनत तिमीहरुले ‘गु’ निक्लिने गरि बिरोध गरे नि स्टेडियम २ बर्षभित्र बनेरै छोड्छ ! ठेक्कापट्टा आफ्नै भाईभतिजा र हनुमानका हातमा सुम्पेर पप्पू कन्स्ट्रक्शनको जस्तै लुटको श्रृङखला चलाउँथ्यो, अरबौं घोटाला गरेर देशलाई टाट पल्टाईदिने थियो र काम बिचमै अधुरै छोड्ने थियो ।

धुर्मुस सुन्तलीले चार चारवटा बस्ती बनाएर समयमै काम पुरा गरेका छन्। त्यसैले उनीहरुले यो स्टेडियम पनि समयमै बनाईसक्ने छन्। त्यसैले यो राष्ट्रीय गौरबको बिषयलाई लिएर कसैले पनि बिरोधको डाको नछोडे हुन्छ र नामको लागि यो सब गर्यो पनि नभने हुन्छ। बाचुन्जेल पुग्ने नाम त “मेरी बास्सै”ले नै दिएको छ नि उनीहरुलाई । कसै कसैले त धुर्मसे एमालेको हो पनि भन्न थालेछन् । के फरक पर्छ र हामीलाई देश बनाउँछु भन्ने मान्छे जुनै पार्टीको भएपनि।

हामीलाई एमाले , काँग्रेस, राजाबादी जो जो आएनि मतलब छैन, देश बन्नु पर्यो कुरा यति हो। मलाई एउटै मात्र मन नपरेको चाहिँ धुर्मुसले केपी र प्रचण्डलाई स्टेजमा ठाउँ दिएको दृश्य । यि अनुहार न दनुवारका देश लुट्ने ब्वाँसाहरुलाई तल दर्शकको लाईनमा ठिंग्याएर लोप्पा खुवाउनु पर्नेमा खादाले सम्मान गरियो ..! यतिमा चित्त बुझेको छैन। अरुकुरामा धुर्मुसलाई मेरो समर्थन छ। म अहिले युवा अवस्थामा छु। म ९० बर्षसम्म बाँच्न चाहन्छु र मेरा सन्तानले पनि देशको प्रगतिमा रमाउँदै देशभित्रै बसेको हेरेर मर्न चाहन्छु ।

त्यसैले म बिरोध गर्दिन । बरु यो लंगडो सरकारलाई पनि धुर्मुससँग प्रतिस्पर्धा गर्दै अर्को बिकाश परियोजनाको डिपिआर तुरन्त सुरु गर भनेर दबाब दिउँ न..! फोकटका ल्याङ ल्याङ किन ? कोहि अभियन्ता बनेर पैसा उठाउने हो भने म सहयोग गर्न तयार छु ! छ कोहि ? ज्वाला संग्रौला जापान,

प्रतिक्रिया

सम्बन्धित खवर

Top