होमपेज / समाज
सुर्खेत । सिद्धार्थ बिजनेश गु्रपअफ हस्पिटालिटी को २१औँ वार्षिक उत्सवको अवसरमा सुर्खेतशाखा सिद्धार्थ सनी रिसोर्टले यही माघ २३ गतेका दिन कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको गंगामाला देउतीबज्यै मन्दिरमा सरसफाई गरी फोहोर ब्यवस्थापनका लागी डस्टबिन बितरण गर्ने भएको छ ।
आफ्ना ग्राहकहरुलाई बिगत २० वर्ष देखि देशका बिभिन्न स्थानमा “मनैदेखीआतिथ्यता” भन्ने मुल नारा सहित सेवा दिदैँ आईरहेको यस गु्रपले सामाजिक क्षेत्रमा पनि काम गर्दै आईरहेको शाखाप्रर्वन्धक सौगात न्यौपाने बताए ।
यस अघि विभिन्न चार्ड पर्व तथा अन्य समयमा विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै अाएकाे यस गुरुपले आगामी दिनमा थप सामाजिक कार्य गर्दै जाने क्षेत्रिय प्रर्वन्धक केशव न्यौपानेले बताए ।