होमपेज / समाज

राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रममा बिष्णु कुमार खड्का

नेपाल गाथा २०७५ माघ २१ गते सोमबार १०:३५:०२ मा प्रकाशित

नेतृत्व विकास गर्दै खड्का लीडरशीप एकेडेमी काठमाडौं र युनिभर्सिटि अफ सान डिएगो, क्रक स्कुल र क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिस (University of Sani Diego, Kroc School & Kroc Institute for Peace and Justice (IPJ) को संयुक्त आयोजनामा सञ्चालित राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम (Nepali Emerging Leaders Program) को दोस्रो शैक्षिक सत्रका लागि प्रदेश कर्णाली प्रदेशको दैलेखबाट बिष्णु कुमार खड्का छनौट भएका छन् ।

छनौट भएका खड्का विद्यार्थी जीवनदेखि नै राजनैतिक तथा सामाजिक काममा सक्रिय रहँदै आएका छन् । छनौट भएपछि प्रतिक्रिया दिंदै खड्काले मुलुकको विकास र समृद्धिको लागि युवा पुस्ता हरेक क्षेत्रको नेतृवमा आउनु आवश्यक भएको र यस कार्यक्रमका विशेषज्ञ, स्थापित राजनीतिज्ञ, विज्ञको अनुभव, मार्गदर्शन, सहयोग तथा सिफारिसले युवा नेताहरुलाई छोटो समयमा सहि र सफल नेतृत्व क्षमता सहित मूलधारमा पुग्नलाई उत्प्रेरकको काम गर्न सक्ने विश्वास व्यक्त गरे ।

‘यस राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमले भविष्यमा बिभिन्न क्षेत्रका प्रतिनिधिमार्फत सबै पक्षको सन्तुलित र सफल नेतृत्व सहित मुलुककै नेतृत्व गर्न सक्ने युवा नेतृत्व तयार गर्न विश्वास मैले लिएको छु ।’ उनले भने, "अध्ययनको दौरानमा हुने अन्तरक्रिया, अनुभव आदानप्रदान तथा अग्रजहरुबाट प्राप्त हुने मार्गदर्शनले ममा नेतृत्व क्षमताको बिकास भएको छ र आफुमा भएको नेतृत्व क्षमतालाई तिखार्ने र निखार्ने गरी कार्यक्रम फलदायी हुने देखिन्छ ।"

युवा नेतृत्वमा प्रतिस्पर्धा गर्नका लागि आत्मविश्वासको कमी भएकोले यस्तो कार्यक्रमले आत्मविश्वास वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै खड्काले कार्यक्रमबाट अरुको बिचार सुन्ने, अर्काको क्षेत्रको ज्ञान हासिल गर्ने, हरेक कुरालाई वृहत र सकरात्मक रुपले हेर्ने मौका मिलेको बताए ।

विद्यार्थी जीवनदेखि नै जुनियर रेडक्रस सर्कल र विद्यार्थी संगठन, स्थानीय क्लब आदिमा आबद्ध रहेर सामाजिक र राजनीतिक क्षेत्रको अगुवाई गर्दै आएका खड्का हाल नेपाल प्रगतिशील प्राध्यापक संगठन, मध्यपश्चिमाञ्चल विश्वविद्यालय कमिटिको सचिवको रुपमा क्रियाशील छन भने अंग्रेजी शिक्षाका उपप्राध्यापक समेत रहेका खड्का नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) सुर्खेत जिल्लाको अध्यक्ष हुँदै हाल उक्त संघका कर्णाली प्रदेश समितिको अध्यक्षको भूमिकामा रहेर अँग्रेजी भाषा शिक्षण सिकाइको गुणस्तर विकास गर्न र अँग्रेजी भाषा शिक्षकहरूको पेसागत विकास गर्न क्रियाशील रहेका छन् l

प्रतिक्रिया

सम्बन्धित खवर

Top