ट्रेण्डिङ

होमपेज / समाज

भारतकाे बिहारमा रेल दुर्घटना

नेपालगाथा २०७५ माघ २० गते आइतबार १२:४०:४२ मा प्रकाशित

काठमाडौं । भारतको बिहारमा रेल दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । आइतबार बिहान जोगबनीबाट आनन्द बिहार जाँदै गरेको सीमाञ्चल एक्सप्रेसको रेल बैशाली भन्ने स्थानमा दुर्घटना भएको हो । रेलका नौ डिब्बा लिकबाट उछुटि्टएका छन् ।

पूर्वमध्य रेलवेका एक अधिकारी राजेश कुमारले दुर्घटनामा ६ जनाको मृत्यु भएको र धेरै यात्रु घाइते भएको जानकारी दिएका छन् । धेरै यात्रुहरु डिब्बामा फसेका थिए उनीहरुलाई सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोलीले उद्धार गरेको छ । साथै रेलवेका उच्च अधिकारीहरु पनि घटनास्थल पुगेका छन् ।

रेल दुर्घटनाको कारण भने खुलेको छैन । रेलवे विभागले मृतकका परिवारलाई जनही पाँच-पाँच लाख रुपैयाँ, गम्भीर घाइतेलाई एक-एक लाख रुपैयाँ र सामान्य घाइतेको निःशुल्क उपचारको घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top