ट्रेण्डिङ

होमपेज / समाज

सुर्खेतबाटै पुनः श्रम स्वीकृति

नेपालगाथा २०७५ माघ ७ गते सोमबार १०:०५:५७ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बैदेशिक रोजगारका लागि पुन: श्रम स्विकृतको काम आक्ईतबारबाट सञ्चालनमा आएको छ । गत मंसिर ११ गते प्रदेशको राजधानी सुर्खेतमा श्रम तथा रोजगार कार्यालयको उद्धघाटन भएको थियो ।

सो कार्यालयले भने आईतबारबाट औपचारीक रुपमा काम सञ्चालन गरेको श्रम तथा राजगार कार्यालयका निमीत्त अधिकृत स्यामकृष्ण आचार्यले जानकारी दिएका छन् ।

बैदेशिक राजगारमा गएर पुन त्यही देशमा वैदेशिक रोजगारीमा जाने जो कसैले पनि ओरिन्टेसन कक्षा लिनु नपनश्रम तथा राजगार कार्यालयका कमप्युटर अपरेटर राजु श्रेष्ठले जानकारी दिएका छन् । पुन बैदेशिक रोजगारमा जाने युवाका लागि सो कार्यालयले अनलाइन प्रर्णाली देखि फारम भर्न समेत कार्यालयले आहान गरेको छ ।

बैदेशिक रोजगारका लागि मिडीयामा आउने बिज्ञापनहरु भ्रमात्मक हुने भएकाले आफुहरुले वेबसाइटको लन्च गरेको कमप्युटर इन्जिनीयर बिपुल पराजुलीले जानकारी दिए । सो वेबसाइटमा जानको लागि डब्लु डब्लु डब्लु डट डियाेएफई  डट जियाेभि डट एन्पी टाइप गरेर पेज खोल्न सकिने इन्जिनीयर पराजुलीले बताए ।

बैदेशिक रोजगारमा जाने जो सुकैलाइ पनि पुन श्रम स्विकृतीको लागि निसुल्क सेवा लिन सक्ने सो कार्यालयले जनाएको छ । यसैगरी कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले गणतन्त्र र संघियताको अनुभुति भएको बताए । मन्त्री रावलले श्रम स्वीकृति दिने प्रक्रिया अनलाइन मै भएका कारण अब श्रमीकहरु ठगिनबाट बच्ने समेत बताए ।

उनले सुर्खेतबाटै श्रम स्वीकृत दिने गृहकार्यमा लागेको समेत जानकारी दिए । मन्त्री रावलले कर्णालीका युवाहरुलाई लक्षित गरेर श्रमनीति ल्याउन लागिएको जानकारी दिएका छन् । कर्णालीका युवाहरुलाई उत्पादन मुलक सीप सिकाउने गरी मन्त्रालयले नीति तय गरिरहेको उनको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top