ट्रेण्डिङ

होमपेज / समाज

दुई करोडको जग्गा दान

नेपालगाथा २०७५ माघ ३ गते बिहीबार १४:४९:२९ मा प्रकाशित

सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिकाको वडा नं. ९ को कार्यालय स्थापनाका लागि एक परिवारले पाँच कठ्ठा जग्गा दान गरेको छ। वडा कार्यालय, स्वास्थ्य चौकी र प्रहरी चौकी स्थापनाका लागि स्थानीय नरेन्द्रकुमारी खत्री (केसी)को परिवारले उक्त जग्गा निःशुल्क उपलब्ध गराएको हो।

बुधबार आयोजित एक समारोहका बीच केसी परिवारले हरिवन नगरपालिकाको नाममा जग्गा पास गरेको लालपुर्जा मेयर गणेश प्रसाईंलाई हस्तान्तरण गरेको छ।

स्वर्गीय नैनबहादुर खत्रीको स्मृतिमा उनकी पत्नी नरेन्द्रकुमारी, बुहारी शुभद्रा केसी, छोराहरू डा. भोगेन्द्र केसी, टोलगेन्द्र केसी, वेदगेन्द्रबहादुर केसी लगायतले सगोलको अंशबाट नयाँरोड बजारस्थित उक्त जग्गा नगरपालिकालाई दान गरेका हुन्।

चलन चल्तीको मूल्यअनुसार दुई करोडभन्दा बढी जग्गा रहेको नगरपालिकाले जनाएको छ। वडा कार्यालयले बुधबार नै जग्गादाता परिवारलाई सम्मान गरेक छन। दानमा पाएको उक्त जग्गामा चाँडै वडा कार्यालय, स्वास्थ्य चौकी र प्रहरी चौकी स्थापनाका लागि पहल सुरु गरिने मेयर प्रर्साइले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top