होमपेज / समाज
सुर्खेत । नेपालको बसोवास गर्दे आईरहेको धेरै जनजाती समूदाय मध्यको एक चौधचरी पनि हो , त्यो पनि कर्णाली प्रदेशको राजधानी सुर्खेत देखि करिब ५ किलोमिटर भित्र चौधरी समुदायको बसोवास गर्दे आईरहेका छन् । जिल्लामा रहेका १४ जाती मध्यमा सबै भन्दा धेरै जनसंख्या भएको जाती मगर जाती हो र सो पश्चात थारु समुदायको रहेको छ भने थारु समुदायको आफ्नो कला सांस्कृति र परम्परा रहदै आएको छ भने मुख्य गरी मकर संकान्त्रि(माघी) उनीहरुको मुख्य पर्व हो ।
प्रत्येक बर्ष माघीको दोस्रो दिन लोकतान्त्रीक, प्रजातान्त्रिक पद्दतीमा नेतृत्व (भलमन्सा) चुन्ने प्र्रचलन रहि अनुशार यस बर्ष पातलगंगाले पनि थारु जातीको सँस्कृती लाई जगेर्ना गर्दै थारु संस्कृतिको विकासमा टेवा पुर्याउँदै आइरहेको भलमन्सा चुन्ने कार्यक्रम अन्तर्गत आज(बुधबार) पातलगंगा गाउँमा बसोवास गर्दै आइरहेका अन्य गैर थारु जातीहरुको उल्लेखनिय सहभागिता सहभागीतामा भलमन्सा चयन गरिएको छ ।
साविको लाटीकोईली गाविस वडा न.०६ हाल वीरेन्द्रनगर नगरपालिका वडा नं ०९ स्थीत पातलगंगामा एक कार्यक्रको आयोजना गरी धनिराम चौधरीलार्ई यस बर्षको भलमन्सामा सर्वसम्मत चयन गरिएको छ । जसको सदस्यहरुका छुन्कु चौधरी (चिरक्या) सुचना प्रवाह गर्ने व्यत्ति भने सदस्यहरुमाः टम बहादुर चौधरी, रामकृष्ण चौधरी रहेका छन् ।
उक्त भलमन्सा समितिको ३ जनालाई विभिन्न क्षेत्रमा मुख्य भूमिका निर्वाह गर्ने जिम्मेवारी पनि दिइएको छ । भागीराम चौधरी – सामाजिक विकास, टम बहादुर चौधरी – सुशासन तथा संस्थागत विकास रामकृष्ण चौधरी – आर्थिक तथा पूर्वाधार विकास को क्षेत्रमा विशेष भूमिका रहने गरी काम तथा नेतृत्वको जिम्मेवारी दिइ सर्वसम्मत रुपमा भलमन्सा चुन्ने कार्यक्रम सम्पन्न भएको छ ।
समितीका सदस्य टमबहादुर चौधरीका अनुशार कर्णाली प्रदेशमा करिब ६ हजार भन्दा बढी थारु समुदायका व्यक्तिहरु बसोवास गर्दे आईरहको छन् ।