ट्रेण्डिङ

होमपेज / समाज

२१औँ भूकम्प सुरक्षा दिवस, कम्पन मञ्च प्रदर्शन (भिडियाे सहित)

नेपालगाथा २०७५ माघ २ गते बुधबार २३:५०:१४ मा प्रकाशित

सुर्खेत । 'विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पुरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानिय सरकार' भन्ने मुल नारा सहित सुर्खेतमा २१औँ भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमहरु गरि मनाइएको छ ।

दिवसको अबसरमा वीरेन्द्रनगरको  खुल्ला मञ्चमा कम्पन मञ्च प्रदर्शन समेत गरिएको छ । प्रदर्शन मञ्चबाट कुन घर भूकम्पको जोखिममा हुन्छ कुन घर हुदैन अबका संरचना कस्ता बनाउने भन्ने सन्देश दिइएको थियो । मञ्च पदर्शनबाट घरको लम्बाई, चौडाइ तथा अन्य क्षेत्रहरु कति राखेर घर बनाउने भन्ने समेत जानकारी दिइएको थियो ।

भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपाल (एनसेट)ले आयोजना गरेको उक्त कम्पन मञ्च पदर्शनमा घर नम्बर १ मा माटोको घर र २ मा बिच बिचमा सिमेन्ट सहितको घर निमार्ण गरि पदर्शन गरिएको थियो । कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट)का इन्जिनियर सागर आचार्यले कुनै पनि भवन निमार्ण गर्दा एकछिनको सजिलो मात्र नहेरेर दिर्घकालिन सोचका साथ अघि बढ्नुपर्ने बताए । यस्तै इन्जिनियर रामकृष्ण आचार्यले भूकपम्म सम्बन्धी जनचेतना मुलक एक प्रिजेन्टेशन प्रस्तुत गर्दै अब बन्ने भवनहरु आयताकार अथवा वर्गकार हुनुपर्ने बताए ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले वीरेन्द्रनगरमा ६८ प्रतिशत घर भूकम्प प्रतिरोधात्मक तरिकाले निमार्ण भएकाले यसलाई अझ बढाउनको लागि बसैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए ।

भूकम्पको बारेमा दिर्घकालिन सोचका साथ अब गाउँगाउँमा विभिन्न कार्यक्रमहरु मार्फत बसैमा जनचेतना फैलाउनुपर्ने बताए । भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपाल (एनसेट), वीरेन्द्रनगर नगरपालिका तथा जिल्ला समन्वय समितिले संयुक्तरुपमा आयाेजना गरिएकाे कार्यक्रममा प्रमुख जिल्ला अघिकारी विरेन्द्र यादव, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत स्थानियको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top