होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले आकाशेपानी संङ्कलन मार्फत कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा रहेका नाङ्गा डाँडा हरियाली बनाएर कर्णालीकाे उत्पादन बढाउनुपर्ने बताउनु भएको छ ।
आईतबार कर्णालीमा जलवायु परिवर्तनका असर कम गर्न आकाशेपानी सङ्कलनको सेवा आकाशेपानी नामक अनलाईन एप्लिकेसनको सुरुवात गर्दै मन्त्री बुढाले यस्तो बताउनु भएको हो ।
कर्णालीकाे भोगोलमा आकाशेपानीको संङ्कलनको बारेमा त्यहाँको स्थानिय सरकार स्थानिय बासीहरुलाई जनचेतना दिनसकेको अवस्थामा कर्णालीका नाङ्गा डाँडा हरियाली बनाएर राम्रो आम्दानी लिन सकिने बताउनु भएको हो ।
उहाँले कर्णाली प्रदेश सरकारले यस्ता कार्यक्रमहरुलाई प्रथामिकता दिने बताउनु भयो । अहिले जलवायु परिवर्तनले कर्णालीमा धेरै असर गरेकाले त्यसको लागि सबैले समयमानै साेच बिचार पुर्याएर अघि बढ्नुपर्ने बताउनुभयो ।