ट्रेण्डिङ

होमपेज / राजनीति

जनार्दनले गरे प्रगतिशील अभियान नेपालको घोषणा

नेपालगाथा २०८२ कार्तिक १८ गते मंगलबार १५:४९:१७ मा प्रकाशित

काठमाडौं । माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रगतिशील अभियान नेपालको घोषणा गरेका छन् ।

उनले जेनजी आन्दोलनले उठाएको माग र भावना विपरीत भएकाले आफूहरू एकता प्रक्रियामा सहभागी हुन नसकेको भनि पनि बताएका छन् । नेकपा एससहित साना दलसँगको एकता प्रक्रियाप्रति असहमति जनाउँदै पार्टी छाडेर हिँडेका शर्माले पत्रकार सम्मेलन गरेर एकताको नाममा घृणा फैलाउने काम भइरहेको आरोप लगाए ।

उनले नयाँ राजनीतिक अवधारणासहित प्रगतिशील अभियान, नेपाल नामक राजनीतिक अभियानको घोषणा गरे । उनले भने, ‘हाम्रो कमजोरीलाई स्वीकार गर्दै नयाँ अभियानका साथ हामी अघि बढ्छौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top