होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज(मंगलबार) बाट पुनः सुरु हुने भएको छ ।
बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्नेगरी बोलाइएको हो । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय कार्य समितिको बैठक पुनः सुरु गर्ने निर्णय गरेको हो ।
बैठकमा संस्थापन र इतर दुवै पक्षले धारणाका रूपमा महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्नेछन् ।
आजको बैठकमा महामन्त्री गगन थापाले पुस मसान्तका लागि महाधिवेशन प्रस्ताव गर्नेछन् । संस्थापन पक्षले पनि धारणाकै रुपमा वैशाखमा महाधिवेशन प्रस्ताव गर्नेछ । त्यसमा दुवै पक्षले कार्यतालिका र औचित्यमा पनि धारणा राखेपछि मात्र छलफल अघि बढाउने तयारी रहेको बताइएको छ ।