ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादी र समाजवादीसहितको एकता घोषणा कार्तिक २० गते

नेपालगाथा २०८२ कार्तिक १६ गते आइतबार १५:५७:३७ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको पार्टी एकता घोषणा यही कार्तिक २० गते हुने भएको छ ।

आज(आइतबार) बिहान बसेको माओवादी केन्द्र सचिवालय बैठकले कात्तिक २० गते काठमाडौंमा एकता घोषणा कार्यक्रम गर्ने निर्णय गरेको नेता अग्नि सापकोटाले जानकारी दिए ।

नेता सापकोटाका अनुसार माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन (मिलन सी) समूह, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालबीच एकताको घोषणा हुँदैछ ।

एकतापछि नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी’ राख्ने सहमति भएको छ भने राजनीतिक सिद्धान्तबाट माओवाद हटाएर माक्र्सवाद–लेनिनवाद मात्र राखिने भएकाे छ ।

एकता प्रक्रियामा रहेका दलका नेताहरुले एकता घोषणा गरी निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिने तयारी पनि गरेका छन् । आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि कार्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्न भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top