ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपालगाथा २०८२ कार्तिक १६ गते आइतबार ११:२५:११ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको शुक्रबार स्थगित भएको बैठक आज(आइतबार) बस्ने भएको हो ।

दिउँसो १ बजे बस्न लागेको बैठकमा १५ औं महाधिवेशनको विषयमा छलफल गरिने बताइएको छ । बैठकमा महामन्त्री र संस्थापन पक्षले फरकफरक कार्यतालिका प्रस्ताव गरेका थिए । जसका कारण बैठकमा विवाद उत्पन्न भएको थियो ।

आज केन्द्रीय समिति बैठक बस्नुअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति खोज्न दुई महामन्त्रीसहित शीर्ष नेताको बैठक पनि बोलाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top