ट्रेण्डिङ

होमपेज / राजनीति

थप छलफलको अर्थ छैन, गठबन्धन बालुवाटारमै बिसाएँ:प्रचण्ड

नेपालगाथा २०७९ पौष १० गते आइतबार १४:३६:१६ मा प्रकाशित

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तागठबन्धन टुटेको घोषणा गरेर बालुवाटारबाट बाहिरिएका छन।

प्रचण्डले गठबन्धनमा छलफलको अर्थ नभएको प्रष्ट पारेका छन्। आइतबार बिहान बालुवाटारमा भएको छलफलमा उनले गठबन्धनको यात्रा टुंगिएको बताएका हुन्।

बैठकमा सहभागी एक नेताले भने, ‘प्रधानमन्त्रीको अडानबाट प्रचण्ड पछि हटेनन् । कांग्रेस कार्य समिति बैठकको निर्णय भन्दै नेताहरूले राष्ट्रपति र प्रधानमन्त्री नछाड्ने बताए । प्रचण्डजीले अब गठबन्धन टुट्यो भनेर बालकोट जान्छु भन्दै हिड्नुभयो । अब फर्किने सम्भावना निकै कम छ ।’

देउवा र प्रचण्ड दुवै आफूले पहिले सरकारको नेतृत्व गर्न चाहन्छन्। कांग्रेसले राष्ट्रपति पनि आफैंले पाउनुपर्ने बताएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top