ट्रेण्डिङ

होमपेज / राजनीति

चार दलको बैठक बालकोटामा सुरु

नेपालगाथा २०७९ पौष १० गते आइतबार १४:१९:०१ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा छलफलको अर्थ नभएको प्रष्ट पारेका छन्। 

प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सत्ता समीकरणको छलफलका लागि ओली निवास बालकोट पुगेका छन् । महासचिव देव गुरुङलाई साथमा लिएर प्रचण्ड बालकोट पुगेका हुन् । 

एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरुबीच बालकोमा छलफल सुरु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top