ट्रेण्डिङ

होमपेज / राजनीति

सरकारले फिर्ता लियो संसदमा रहेको नागरिकता विधेयक

नेपालगाथा २०७९ असार २१ गते मंगलबार १९:००:४२ मा प्रकाशित

काठमाडौं । संसदमा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयक सरकारले फिर्ता लिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।सरकारले २०७५ सालमै ल्याएको नागरिकता विधेयकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल सकेर बहुमतले प्रतिवेदन पारित गरी प्रतिनिधिसभा बैठकमा पेश गरिसकेको छ ।

चार वर्ष अघि संसदमा लगेर पारित हुन नसकेको विधेयक सरकारले फिर्ता लिन लागेको हो । “संसदमा विचाराधीन नागरिकता विधेयक भोलि नै फिर्ता लिने निर्णय भएको छ,” एक मन्त्रीले भने, “लगत्तै बाबु र आमाको नागरिकता भएकाहरुलाई तत्काल नागरिकता दिनेगरी नयाँ विधेयक संसदमा जानेछ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

Top