ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री देउवा अर्थमन्त्री शर्मालाई केही गर्न नसक्ने अवस्थामा पुग्नुभएको हो ?

नेपालगाथा २०७९ असार २० गते सोमबार १५:३६:१२ मा प्रकाशित

 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा संसदीय छानबिन गर्नुपर्ने बताएका छन्।

ओलीले अर्थ मन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा तत्काल संसदीय छानबिन समिति गठन गरेर तथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन।

आज सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले यस्तो गम्भीर विषयमा पनि प्रधानमन्त्री देउवा अर्थ मन्त्री शर्मालाई केही गर्न नसक्ने अवस्थामा पुग्नुभएको हो ? भनी प्रश्नसमेत गरे । प्रधानमन्त्री देउवा देशलाई बरबाद पारेर गठबन्धन मात्रै जोगाउन लागिपरेको उनको आरोप थियो ।

 उनले एउटा मन्त्रीमाथि प्रश्न उठ्दा गठबन्धन धरापमा पर्छ भनेर प्रधानमन्त्री चुप बसेको भन्दै आलोचना गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top