होमपेज / राजनीति
काठमाडौं । विघटित नेपाल कम्युनिस्ट पार्टी नेकपाका तत्कालीन पाँच जना सचिवालय सदस्यहरूको आज ‘पुनर्मिलन’ भएको छ ।
आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र माओवादीका नेता नारायणकाजी श्रेष्ठकाबीच भेटवार्ता भएको हो ।
भेटमा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धन आदि विषयमा छलफल भएको छ ।नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको छ। यी नेताहरूले कम्युनिष्ट एकताका लागि अपिल गर्ने जनाइएको छ ।