होमपेज / राजनीति
काठमाडौं । सर्वोच्च अदालतमा विचाराधीन आईजीपी नियुक्ति विवादसम्बन्धी मुद्दाको अर्को सुनुवाइ आउँदो २६ गतेलाई तोकिएको छ ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा हेर्दा हेर्दै रहेको मुद्दामा उक्त दिन अन्तिम बहसको पेसी तोकिएको हो।सर्वोच्चले २३ सम्म बहस नोट बुझाउने र २६ गते पेसी राखेर अन्तिम सुनुवाई सक्दै फैसला सुनाउने समय तोकेको हो।
ज्येष्ठता र वरीयतामा आफू अगाडि हुँदाहुँदै सरकारले धीरजप्रताप सिंहलाई आईजीपी बनाएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा मुद्दा हालेका थिए ।