ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एसले बागमतीमा सरकार नछोड्ने

छाड्नुपरे अर्को प्रदेशमा नेतृत्व पाउनुपर्ने निष्कर्ष

नेपालगाथा २०७९ असार १८ गते शनिबार १७:२१:५४ मा प्रकाशित

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीले बागमती प्रदेश सरकारमा आधा–आधा कार्यकाल सञ्चालन गर्ने सहमति पालना नगर्ने भएको छ ।

नेकपा (एकीकृत समाजवादी)ले वाग्मती प्रदेश सरकारको नेतृत्व छाड्नुपरे अर्को प्रदेशमा सरकारको नेतृत्व गर्न पाउनुपर्ने निष्कर्ष निकालेको छ ।शनिबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा संसदीय दलको बैठक बसेको थियो । बैठकमा तत्काल सरकारको नेतृत्व नछाड्ने गरी कुरा अघि बढेको एकीकृत समाजवादी बागमतीकी सचेतक मुनु सिग्दलले जानकारी दिइन् ।

 नेता–कार्यकर्ताको व्यवस्थापनका लागि सबै पार्टीले अहिलेझैँ प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने एकीकृत समाजवादीको धारणा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top