ट्रेण्डिङ

होमपेज / प्रबिधि

आजदेखि एक हजार फोन ब्लक हुँदै 

एमडीएमएस प्रणाली लागू हुँदै

नेपालगाथा २०८० कार्तिक २० गते सोमबार ०८:०१:३६ मा प्रकाशित

काठमाडौं । कात्तिक २० गतेदेखि लागू हुने गरी नेपाल दूरसञ्चार प्राधिकरणले करिब एक हजार फोनमा दूरसञ्चार सेवा अवरुद्ध गर्ने भएको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा आईएमईआई नम्बर दर्ता नभएका महँगा फोनहरु प्राधिकरणले दूरसञ्चार सेवा नचल्ने गरी ब्लक गर्ने भएको हो ।

भन्सार पास भएर आउने सबै फोनको आईएमईआई नम्बर एमडीएमएसमा दर्ता भएको हुन्छ । विदेशबाट आउने व्यक्तिले बोक्ने र ल्याउने फोनको आईएमईआई नम्बर पनि निःशुल्क दर्ता गर्न सकिने व्यवस्था प्राधिकरणले गरेको छ ।

यसबाहेक कालोबजारीबाट भित्रिएका फोनहरु मात्रै एमडीएमएसमा दर्ता नहुने भएको भन्दै प्राधिकरणले त्यस्ता फोनमाथि प्रतिबन्ध लगाउने भएको हो ।

दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आज ८०० भन्दा बढी ‘हाई रेन्जका–महँगा’ फोन प्रतिबन्ध गरिने बताएका छन् । उनले त्यसपछि दर्ता नभएका अन्य फोनहरु दैनिक रुपमा प्रतिबन्ध गरिने बताए । नेटवर्क अपरेटर र पूरै नेटवर्कको सिस्टममै काम गर्नुपर्ने भएका कारण ‘पिक आवर’बाहेकका समयमा ती फोन प्रतिबन्ध गरिने उनले बताएका छन् । उनले भने, “सोमबार पिक आवरभन्दा अघिपछि कतिबेला हुन्छ, हेरेर हामीले ती फोन प्रतिबन्ध गर्छौं ।”

प्रतिक्रिया

सम्बन्धित खवर

Top