ट्रेण्डिङ

होमपेज / प्रबिधि

मोबाइल हराए वा नम्बर परिवर्तन भएमा तुरुन्त बैंकलाई खबर गर्नुस्

नेपालगाथा २०८० असार १९ गते मंगलबार १४:४७:०६ मा प्रकाशित

काठमाडौं । यदि तपाइकाे मोवाइल हराएमा वा चोरी भएमा अथवा नम्बर परिवर्तन भएमा तुरुन्त बैंक तथा वित्तीय संस्थालाई खबर गर्न नेपाल राष्ट्र बैंकले आव्हान गरेको छ ।

केन्द्रीय बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तिय संस्थामा खाता खोली मोबाइल बैकिङ तथा इन्टरनेट बैकिङ जस्ता सेवा प्रयोग गर्दा फोन नम्बर प्रयोग हुने भएकाले मोबाइलसँगै खाताको रकम चोरी हुनसक्ने भन्दै सचेत गराएको छ ।

केन्द्रीय बैंकले जारी गरेको सुचनामा भनिएको छ, यदि तपाइले कुनै कारणबस मोबाइल नम्बर परिवर्तन गर्नुभयो भने वा तपाइको पुरानो नम्बर अन्य व्यक्तिको हातमा आयो भने तपाइको खातासम्बन्धी विवरण अनधिकृत व्यक्तिको पहुँचमा पुग्न सक्ने जोखिम हुन्छ ।

त्यसैले मोवाइ हराएमा वा नम्बर परिवर्तन भएमा तुरुन्त सम्बन्धित बैंक तथा वित्तिय संस्थालाई जानकारी गराउनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top