ट्रेण्डिङ

होमपेज / प्रबिधि

भेरी पूर्व सूचना प्रणाली परियोजनाको समीक्षा

नेपालगाथा २०७९ पौष १४ गते बिहीबार १३:३५:२१ मा प्रकाशित

सुर्खेत । भेरी पूर्व सूचना प्रणाली परियोजनाको समीक्षा तथा परियोजना समापन कार्यक्रम वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । रिन्युएवल वल्र्डको सहयोग तथा सुन्दर नेपाल संस्थाको सहजीकरणमा सुर्खेत जिल्लाको बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकामा संचालित सो कार्यक्रममा भएको प्रगतिको समीक्षा गरिएको हो ।

पूर्वसूचना प्रणालीको दिगोपनाको लागि पालिका सामुदायिक विपद् व्यवस्थापन समिति, वडाको भूमिका हुनुपर्ने औलाइएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित समिक्षा कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् । जिल्ला समन्वय समितिका समन्वय प्रमुख गंगाराम सुनारले पालिका तथा वडाको भूमिका महत्वपूर्ण हुनुपर्ने बताए । उनले भने, विपद् आउला र समाधान गर्ने भन्दा पनि पूर्व योजनामा पालिका जुट्नु पर्ने हुन्छ । आफ्ना नागरिकको सुरक्षाको पहिलो दायित्व पालिकाको रहेको उनले बताए । बनेका संरचनाको रेखदेख गर्न पालिकाको दायित्व प्रभावकारी हुनुपर्ने बताउँदै समन्वय प्रमुख सुनारले अटोमेटिक साइरन बजाउने, खहरे खोलाको आगो, पानीका लागि विशेष योजना बनाउनुपर्ने उनले बताए ।

जल तथा मौसम कार्यलय कोहोलपुरका प्रमुख रामबिकेश रायले बाढीको नाप नक्साको लागि डाटा आवश्यक रहेको बताए । उनले पूर्व सूचना प्रणालीको प्रभावकारी संयन्त्र र यसको उचित परिचालन हुनुपर्ने धारणा राखेका थिए । परियोजनाले हासिल गरेका उपलब्धी र सिकाईको रिन्युएवल वल्र्डका परियोजना व्यवस्थापक बिना खड्काले प्रस्तुत गरेकी थिईन् ।

कार्यक्रममा पञ्चपुरी नगरपालिकाका नगर प्रमुख, बराहताल गाउँपालिकाका अध्यक्ष, बराहताल गाउँपालिकाका उपाध्यक्ष, विपद् फोकल पर्सन, सम्वन्धित वडाका वडा अध्यक्ष,  सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी, रेडक्रस, गैसस महासंघ, पत्रकार महासंघ,  जिल्ला प्रशासन कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् फोकल पर्सन लगायतको उपस्थिति रहेको थियो ।

सुन्दर नेपाल संस्थाकाअध्यक्ष हेमप्रकाश भुसालको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका कार्यकारी निर्देशकभूपेन्द्र कँडेलले सहजीकरण गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top