ट्रेण्डिङ

होमपेज / प्रबिधि

शिक्षक तथा विद्यार्थीलाई १० हजारमा स्कुटर

पेट्रोल हाेइन अब इलेक्ट्रिक स्कुटर

नेपालगाथा २०७९ असार ४ गते शनिबार १४:०९:३० मा प्रकाशित

सुर्खेत । पेट्रोलियम पदार्थको मूल्य दिनप्रतिदिन बढिरहेको र पेट्रोल भरिराख्नुपर्ने झण्झटबाट मुक्त हुनका लागि इभी नेपाल मोटर्सले शिक्षक तथा विद्यार्थीवर्गलाई मध्यनजर गरेर लेभ्निंग ब्राण्डको इलेक्ट्रिक स्कुटर बजारमा ल्याएको छ । बज्र ग्रुप अन्तर्गत इभी नेपाल मोटर्स प्रालिले बजारमा ल्याएको यो इलेक्ट्रिक स्कुटरलाई सुर्खेत र आसपासका जिल्लाका ग्राहकका लागि श्री गणेश इन्टरनेशनल अटोमोबाइल जुम्ला रोडले उपलब्ध गराउने छ । 

तपाइको गोलीमा कति छ ? भन्ने स्किम अन्तर्गत १० हजार रुपैयाँमा लेभ्निंग स्कुटर शिक्षक र विद्यार्थीले पाउनेछन् । साथै नबिल बैंकबाट जिराे प्रतिशत ब्याजमा पनि शिक्षक तथा विद्यार्थीले स्कुटर किन्न सक्ने श्री गणेश इन्टरनेशनल अटोमोबाइलका प्रोप्राइटर प्रेमकुमार बिसीले नेपालगाथालाई जानकारी दिनुभयो । बिसीका अनुसार नगद रुपैयाँमा स्कुटर किनेमा १० हजार रुपैयाँ छुट पाउनेछन् । 

शिक्षक तथा विद्यार्थीका लागि खर्च बचत हुनुका साथै पेट्रोल हाल्न नपर्ने हुँदा कम्पनीले यस्तो सहुलियत स्किम बजारमा ल्याएको हो । श्री गणेश इन्टरनेशनल अटोमोबाइलका प्रोप्राइटर प्रेम बिसीका अनुसार विद्यार्थीले फाइनान्स, एक्सचेन्ज र क्यासमा समेत स्कुटर लिन सक्नेछन् ।

असार पाँच गतेदेखि विधिवत शुरु हुने श्री गणेश इन्टरनेशनल अटोमोबाइलले हालसम्म करिब २ सय जति स्कुटर बुकिङ्ग भइसकेको जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top